Listen Live: 

हवाईका किसानले फलाए ५० पाउन्डको कर्कलो

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

अमेरिकाको हवाईका किसानले ५० पाउन्डको कर्कलो फलाएका छन् । उक्त कर्कलोले सम्भवतः विश्व रेकर्ड राख्ने भएको छ । हवाईमा बस्दै आएका क्लेरेन्स मेडेइरोसले ५० वर्षदेखि कर्कलोको खेती गर्दैै आएका छन् । यसलाई स्थानीय भाषामा कालो भनिन्छ । उनले आफ्नो जग्गामा बारम्बार ठूलो आकारको कर्कलो फलाउने गरेको बताएका छन् । गत सिजनमा पनि उनले ३३ पाउन्डको कर्कलो फलाएका थिए । मेडोइरोसले आफु र उनकी श्रीमती नेलीले गत साता फलाएको कालोको गोलाइ २७ इन्चको थियो । ‘मलाई लागेको थियो कि यो २५ पाउन्डको मात्रै हुन्छ । मैले थोरै अनुमान लगाए,’ उनले केएचएनएल–टिभीलाई बताए । ५० पाउन्डको कर्कलो विश्व रेकर्डको हुन सक्ने मडोइरोसले बताए । ‘जब यसलाई मापनका लागि राखियो, यो ५० पाउन्डको थियो । हामी हेरेको हेर्यै भयौं,’ उनको भनाई थियो । यो त्यति ठूलो होला जस्तो पनि आफुलाई नलागेको उनले बताए । हवाई उलु कोअपरेटिभका अधिकारीहरु कर्कलो जोख्दाको समयमा साक्षी बसेका थिए । यसले गिनिज वर्ल्ड रेकर्ड राख्न सक्ने उनीहरुले बताए । ‘मैले वर्षौसम्म कर्कलो हेरे, तर यत्तिको ठूलो भने देखेको थिइन । त्यसैले यो अचम्म लाग्दो छ,’ कोअपरेटिभका होलोकाइ ब्राउनले बताए । 

आन्य समाचारहरु:-
November 30, 2023
आकर्षक मूल्यमा बिक्री हुँदै चितवनको अगौटे सुन्तला

चितवन, मंसिर १४- जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु […]

April 5, 2023
नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

चितवन, चैत २२– नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार […]

November 16, 2022
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]

August 17, 2022
रत्ननगर हिप हप मोबाईल हाउसको लक्कि ड्र. मार्फत ५ जनाले पाए बम्पर उपहार

रत्ननगर, भदौ १- रत्ननगर टाडीँ बजारमा अबस्थित हिप हप मोबाईल हाउसको हरेक महिनाको १ गते हुने लक्कि ड्र. आज भदौ १ गते सञ्चालन गरिएको थियो । उक्त लक्कि ड्र. मार्फत […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram