कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर ३ वडा कार्यालय
को सहकार्यमा रत्ननगर ३,आधारभूत विद्यालय बेल्सिमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न

प्रमिशा भण्डारी
पुस १६
लायन्स क्लव अफ रत्ननगर, लेडिज र नेत्रज्योति सघं,भरतपुर आँखा अस्पतालको आयोजनामा रत्ननगर ३ वडा कार्यालय
को सहकार्यमा रत्ननगर ३,आधारभूत विद्यालय बेल्सिमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भयो। लायन्स क्लव अफ रत्ननगर लेडिजकी अध्यक्ष लायन तुलसी पन्तको अध्यक्षता,डिष्ट्रिक्ट गभर्नर ला।सिद्धार्थ लाल चुके ज्यूको प्रमुख आथित्यतामा लायन ३ नं वडाका अध्यक्ष ला।सोहेन्द्र राज खरेलको विशेष आथित्यता, डिष्ट्रिक्ट सचिव ला।राजेन्द्र गौतम,ला।निरज श्रेष्ठ,ला।दीपेन्द्र खतिवडा, ला।सुरेश आचार्य,ला।उमेश गिरी,ला।चन्द्रिका महत केसी, ला।मधुर नेपाल,ला।गंगा सुवेदी,श्री आधारभूत विद्यालय वेल्सीका प्राचार्य सालिकराम ढकाल,ला।सम्झना घिमिरे,ला।गोकुल पराजुली लायन्स क्लवको टीम ३ नं वडाका १६ वटै टोल अध्यक्ष साथै वडाबासीहरुको सक्रियता एवम् उपस्थिति रहेको थियो।क्लवकी सहसचिव लायन गीता सिंखडा द्वारा संचालित सो कार्यक्रम सचिव लायन सञ्जु रिजाल बाट सहजीकरण भएको थियो।
रत्ननगर आँखा अस्पतालका इन्चार्ज डा।एलिस तामाङ साथै टीमद्वारा भएको १० बजे देखि ४ बजे सम्मको आँखा शिविर मा १३३ पुरुष र १६८ महिला गरी ३०१ जनाको आँखा जाँच गरिएको मा १७ पुरुष र ९ महिला गरी २६ जनाको भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने भएको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]