Listen Live: 

ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साईक्याट्रीको पाँचौं साधारण सभा आज सम्पन्न

Radio Chitwan
शनिबार, पुस १६, २०७९

चितवन, १६ पुस ।

खैरहनी नगरपालिका वडा नं। ११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साईक्याट्रीको पाँचौं साधारण सभा आज सम्पन्न भएको छ । रत्ननगरमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले संस्थाले विगत चार वर्षमा ख्याती कमाएको बताउँनुभयो । उहाँले मानसिक रोगको उपचारमा संस्थाले उल्लेखनीय भूमिका खेलेको चर्चा गर्दै राज्यको तर्फबाट पनि सहयोगको शुरुवात गरिएको बताउनुभयो । खनालले भन्नुभयो “संस्थालाई प्रदेश सरकारले सहयोगको शुरुवात गरेको छ । आगामी दिनमा सहयोग जारी रहन्छ ।”

संस्थाले मानव सेवा आश्रममा निःशुल्क सेवा दिईरहेको भन्दै उहाँले जनतासँग जोडिएर सह्रानीय काम गरेको बताउनुभयो । मानसिक रोग न्यूनिकरणको यो अभियानमा सबै लाग्नुपर्ने उहाँको भनाई छ ।

पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीले आफू पनि ब्यूटीफुल माईण्डमा उपचारपछि निको भएको प्रसंग उठाउँदै मानसिक रोग लागेको भन्ने बिरामीलाई नै थाहा नहुने बताउनुभयो । उहाँले भन्नुभयो “ब्युटीफुट माईण्डमा थेरापी र उपचार गरेपछि म पूर्ण रुपमा निको भएँ ।” आफूलाई निन्द्रा नलाग्ने, कुरा खेल्ने जस्ता समस्या देखिएपछि उपचार गराएको उहाँको भनाई छ ।

साधारणसभामा कृषि वैज्ञानिक डा।रामप्रसाद घिमिरेले संस्थामा गरेको लगानीको भावनात्मक मुनाफा पाईने बताउनुभयो । उहाँले यस संस्था नाफामूलकभन्दा पनि सेवामूलक भएकाले लगानीकर्तालाई नगदमा मुनाफाको आशा नगर्न आग्रह गर्नुभयो ।

जिल्ला आयुर्वेद अस्पताल बकुलहरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मानसिक रोगलाई आयुर्वेदसँग जोडेर उपचार गर्नुपर्ने बताउनुभयो । हाम्रा पुर्खाहरुले योग, ध्यान, भजन किर्तन गर्ने गरेको भन्दै उहाँले यस्ता कार्यले मानसिक शान्ति मिल्ने बताउनुभयो ।

तत्कालिन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटोले शान्त र रमणीय ठाउँमा अस्पताल खुलेको बताउँदै संस्थाको प्रगतिको कामना गर्नुभयो । लोकतन्त्रले यस्ता संस्था खोल्ने ढोका खोलेको भन्दै उहाँले ढोकाबाट छिरेकाहरुले राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष डा। गिरिराज भन्तनाले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ४६५ जनालाई ओपिडि, १०८ जनालाई आवासीय उपचार दिएको जानकारी दिनुभयो । आवासीय उपचार लिनेमा २२ जना महिला र ८६ जना पुरुष रहेका छन् । ती मध्ये ८४ जना सफल उपचार गरी परिवारलाई पुनर्मिलन गराईएको छ भने बाँकी उपचाररत रहेका छन् ।

यस्तै चालु आर्थिक वर्षमा हालसम्म ४५ जनालाई ओपिडि सेवा दिईएको छ । यस्तै २० भन्दा बढीलाई अनलाईनमार्फत् सेवा दिईएको उहाँको भनाई छ । संस्थामा हाल ४२ जना बिरामी आवासीय रुपमा उपचार गराईरहेको अध्यक्ष भन्तनाले जानकारी दिनुभयो । ती मध्ये ३३ जना पुरुष र ९ जना महिला रहेका छन् ।

संस्थाले मानव सेवा आश्रममा रहेका ३५० भन्दाबढी मानसिक बिरामीलाई निःशुल्क रुपमा आश्रममै गएर उपचार सेवा दिईरहेको डा। भन्तनाको भनाई छ । आउँदा दिनमा मानव सेवा आश्रमका सात प्रदेशका १९ वटा जिल्लामा रहेका २३ वटा सेवा केन्द्रहरुमा निःशुल्क सेवा दिने लक्ष्य लिईएको उहाँको भनाई छ । उहाँले अन्य आश्रम तथा बृद्धाश्रमहरुमा रहेका मानसिक बिरामीहरुको समेत निःशुल्क उपचार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक विष्णु शर्माले संस्थाको आगामी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले हालसम्म संस्थाले ६ हजार बिरामीलाई सेवा दिएको बताउनुभयो । नेपालमा ६ लाख भर्ना गरेर उपचार गर्नुपर्ने मानसिक बिरामी रहेको चर्चा गर्दै शर्माले आगामी पाँच वर्षभित्र नेपालका १५ प्रतिशत मानसिक बिरामीलाई उपचार सेवा दिने योजना रहेको बताउनुभयो । यहाँले संस्थाको शाखा विस्तार गर्दै लैजाने बताउँदै विद्यालय र क्याम्पसहरुमा सचेतना कार्यक्रम संचालन गर्ने योजना रहेको बताउनुभयो । यहाँले ठाउँठाउँमा शिविर सञ्चालन गरेर मानसिक बिरामी पहिचान र उपचार गर्दै जाने योजना प्रस्तुत गर्नुभयो ।

सो अवसरमा शेयर सदस्य प्रकाश दुवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले तीन वटै प्रतिवेदनलाई पारित गरेको छ । संस्थाका शेयरसदस्य कमल शर्मा भुषालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निर्मल जीवन पौडेल, इन्दु तिवारी सुवेदी, चिन्तामणि महतो, दीपकबहादुर पोखरेल, हेमकुमार चौधरी हुनुहुन्छ । त्यसैले संस्थामा कार्यरत हिरा आलेमगरलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram