कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रधानमन्त्री पुष्पकमल दाहालले भाषण कम, काम धेरै गर्ने बताए

चितवन, पुस १६–
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा भाषण कम, काम धेरै गर्ने बताएका छन् ।
आज गृहजिल्ला चितवनको भरतपुरमा नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएकाले सोही अनुसार भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको बताए । ‘अहिले धेरै भाषण गर्ने मनस्थितिमा म छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’–प्रधानमन्त्री दाहालले भने ।
अध्यक्ष दाहालले आफूले यो पटक हरेक दिन जनता, देश, सुशान र विकासको पक्षमा काम गर्दै जाने, नेपाल र नेपाली जनताको आवश्यकता सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको बताए । उनले प्रधानमन्त्रीको सपथ ग्रहण गरेलगत्तै पहिलो मन्त्रीपरिषद् बैठकबाट नै देशलाई आर्थिक संकटबाट पार लगाउनुपर्ने, सुशासन कायम गर्ने ऐतिहासिक आवश्यकतालाई ख्याल गर्दै भ्रष्टचार र व्यतिथि नियन्त्रण गर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइराख्ने सास्तीहरुबाट मुक्त गर्ने आवश्यकतालाई इंगित गरेर नै निर्णय गरेको बताए । ‘जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु’–प्रधानमन्त्री दाहालले भने ।
उनले देशभरका जनतालाई सुशान र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हुन अपिल समेत गरेका छन् । प्रधानमन्त्री दाहालले देशको विकासको मुख्य पक्ष नै शिक्षा रहेको भन्दै शिक्षाको गुणस्तरले नै अनुशासित र सभ्य समाज बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । चितवनको नमुना विद्यालयको रुपमा रहेको नारायणी नमुना माध्यमिक विद्यालय ६० वर्षअघि टुकीको साहारामा अध्यापन सुरु भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]