काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत […]
१३ सीट क्षमताको क्यानेडियन ‘मुुभी थियटर’ विश्वकै सानो

१३ सीट क्षमताको क्यानडाको ओन्टारियो ‘मुुभी थियटर’ लाई गिनिज वर्ल्ड रेकर्ड बुकले विश्वकै सानो भएको प्रमाणित गरेको छ । स्ट्राटफोर्डमा रहेको सानो सिनेमा हलले २०२१ को अक्टोबरमा फिल्म देखाउन सुरु गरेको थियो । यसलाई रातो गलैँचा, गुणस्तरीय सीट र वैजनी डोरीले सजाइएको छ । थिएटरका मालिक र सञ्चालक ली कोनीले यसलाई औपचारिक रुपमा एक ग्यालरी र उपहार पसलको रुपमा व्याख्या गरेका छन् । उनले यसलाई ‘मिट योर मार्केट’ भनेका छन् । यसमा स्क्रीनलाई केही तल झारिएको छ र केही फोल्ड गर्न मिल्ने कुर्सीहरू राखिएका छन् । यसले स्थानीय फिल्म निर्माताहरूको कामलाई झल्काउँछ । ‘हामीले स्थानीय फिल्म निर्माताहरूसँग मिलेर काम गरेका छौ । शहरमा थोरै मात्र प्रतिस्पर्धा गरेका छौ, हामीले सोच्यौ कि यदि हामीले स्क्रिनिङ रुमलाई स्थायी रुपमा निर्माण ग¥यौ भने यो महान हुने थियो,’ कोनीले बताए ।
विशेषगरी यो थियटर कोभिड–१९ को मध्यमा थोरै समूहका मानिस र निजी कार्यक्रम गर्नेगरी तयार पारिएको कोनीले बताए । यो थियटर जम्मा १७५.३६ वर्ग फुटको छ ।
बागलुङ, कात्तिक ५- पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने […]
२०८० चैत ३ गते | शनिवार १६ मार्च २०२४। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, […]
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी […]