Listen Live: 

चितवनकी स्रष्टा भारतमा सम्मानितसँगै पुरस्कृत

Radio Chitwan
शुक्रबार, पुस १५, २०७९

ग्वालियर साहित्य संस्थान, भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान तथा पूर्वोत्तर हिन्दी साहित्य अकादमी भारतको संयुक्त आयोजनामा भएको दुईदिने अन्तर्राष्ट्रिय साहित्य गोष्ठीमा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको तर्फबाट प्रतिनिधित्व गर्दै गएकी प्रतिष्ठानकी प्राज्ञपरिषद् सदस्य एवं कला, संस्कृति प्रमुख विष्णु देवी तिवारी ‘उषा’ गीतकार पं दामोदर शर्मा स्मृति लोक मंगल साहित्य सम्मानबाट सम्मानितसँगै पुरस्कृत भएकी छन् ।

‘स्वाधीनता और साहित्य’ विषयमा चलेको गोष्ठीको पहिलो सत्रमा वक्ता तथा प्रमुखअतिथिजस्तो गरिमामय पदमा रही उषाले ‘विदेशोँ मेँ हिन्दी भाषा, साहित्य सम्भावनाएँ एवं चुनौतियाँ’ शीर्षकमा हिन्दी भाषामा आफ्ना भनाइहरु प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा नेपाल, मोरिसस, भारतका विभिन्न प्रान्तहरु असम, मेघालय, सिक्किम, दार्जिलिङ, अरूणाचल, दिल्ली, कानपुर एवं ग्वालियरआसपासका चर्चित कविहरुको उपस्थिति थियो ।

नेपाली भाषाका साथै हिन्दी भाषामा पनि दखल राख्ने उषा तिवारीका हिन्दी, नेपाली गरी तीन गजलकृतिहरु प्रकाशित छन् । साथै अब छिट्टै अनुवादित एवं मौलिक कविता, कथा र उपन्यासका तीन कृतिहरु बजारमा आउने तरखरमा छन् । भारतका विभिन्न प्रान्तहरुमा विधा वाचस्पतिलगायत एक दर्जन सम्मान एर्व पुरस्कारबाट उनी सम्मानित भैसकेकी छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram