Listen Live: 

नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थाले

Radio Chitwan
शुक्रबार, पुस १५, २०७९

त्रिवेणी,पुस १५- 

यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले डल्फिन देख्नुभएको थियो । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पार्नुभएका उहाँ यतिबेला उत्साहित हुनुहुन्छ ।

लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उहाँले बताउनुभयो । “नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ, यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताउनुभयो ।

लामो समयको अन्तरालपछि क्रमश ः डल्फिन देखिनु आफैँमा खुसीको कुरा भएको उहाँले बताउनुभयो । यस क्षेत्रमा दुई वटा डल्फिन देखिने गरेको महतोले बताउनुभयो । गत मङ्सिर १४ गते डल्फिनको फोटोसमेत खिच्न भ्याउनुभएको थियो ।

संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालैमात्र नारायणीमा डल्फिन फेला पारेको बताउनुभयो । पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उहाँको भनाइ छ । त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको बाधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उहाँको भनाइ छ । “अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो “पहिला धेरै देखिने ठाउँ हो पछि विस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो ।”

नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणलेसमेत फाइदाजनक भएको उहाँको भनाइ छ । नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधिलाई बढाउने संरक्षणकर्मी चौधरीले बताउनुभयो । “यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धन हुन्छ”, उहाँले भन्नुभयो ।

डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ ।

“नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्नेलगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ ।”

नारायणी नदीमा नियमितरुपमा डल्फिन देखिँदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताउनुभयो । “हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्नकै लागि पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ”, उहाँले भन्नुभयो ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram