Listen Live: 

भारतीय टिभी प्रस्तोता युक्रेनमाथि गरिएको प्रत्यक्ष प्रशारणमा गलत व्यक्तिमाथि खनिएपछि...

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

एक भारतीय समाचार प्रस्तोताले युुक्रेनी संकटका बारेमा बहस गर्दा गलत व्यक्तिलाई गाली गरेपछि ख्यालठट्टा र मिम बनाउनेहरुलाई एउटा मसला बनेको छ ।  राहुल शिवशंकरले झन्डै २ मिनेटसम्म युक्रेनी पत्रकारको आलोचना गरेका थिए । उनले युक्रेनी पत्रकारलाई अमेरिकी विदेश नीति टिप्पणीकार डेनियल म्याकएडम्स ठानेर धाराप्रवाह रुपमा गाली गरिरहेका थिए ।  अर्का वक्ता, म्याकएडम्सले बोलेपछि मात्रै आफूले गलत व्यक्तिलाई गाली गरिरहेको महसुस गरे । यतिबेला शिवशंकर आफ्नो शो इन्डिया अपफ्रन्टका लागि रन पल इन्स्टिच्युटका कार्यकारी अध्यक्ष म्याकअडाम्स र किभ पोस्टका प्रमुख सम्पादक बोहदा नहेलोसँग कुरा गरिरहेका थिए ।  तर यी दुई व्यक्तिको नाम र पद अन एयरमा गलत स्थानमा राखिएको थियो त्यसैले नहेलोलाई म्याकअडाम्स बताइएको थियो । उनीहरुबीचको यो दृश्य निकै भाइरल भइरहेको छ । यसले म्याकएडम्सलाई भारतमा शीर्ष ट्वीटर ट्रेन्डमा पुु¥याएको छ । भाइरल भिडियोमा शिवशंकरले ‘ड्यानियल म्याकएडाम्स’ लाई ‘चिल पिल’ लिने सल्लाहसहित सुरु हुन्छ । 

त्यसपछि नहेलोले आफ्नो देश युद्धमा होमिएका कारण कुनै पनि हालतमा रिल्याक्स हुन नसक्ने बताउँछन् । 

त्यसपछि यी दुईबीच चर्काचर्की हुन्छ र अन्त्यमा म्याकअडाम्स आफैंले ‘म मिस्टर म्याकअडाम्स हुँ र मैले एक शब्द पनि बोलेको छैन’ भनेपछि भ्रम चिरिएको हो । 

आन्य समाचारहरु:-
April 5, 2023
नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

चितवन, चैत २२– नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार […]

November 16, 2022
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]

August 17, 2022
रत्ननगर हिप हप मोबाईल हाउसको लक्कि ड्र. मार्फत ५ जनाले पाए बम्पर उपहार

रत्ननगर, भदौ १- रत्ननगर टाडीँ बजारमा अबस्थित हिप हप मोबाईल हाउसको हरेक महिनाको १ गते हुने लक्कि ड्र. आज भदौ १ गते सञ्चालन गरिएको थियो । उक्त लक्कि ड्र. मार्फत […]

March 28, 2022
दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने

चितवन,१४ चैत्र । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram