Listen Live: 

चितवनको दुई छुट्टा छुट्टै स्थानमा आगलागी

Radio Chitwan
बिहिबार, पुस १४, २०७९

चितवनको दुई छुट्टा छुट्टै स्थानमा आगलागी भएको छ । आज (बिहीबार) बिहान चितवनका राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका दुई छुट्टा छुट्टै स्थानमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १ बजे राप्ती ७ फोरग्रुप प्रेमपुरी बस्ने उमाकान्त कंडेलको घर नजिकै रहेको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठमा भएको काठ, लत्ताकपडा, टिभी अन्नपात, काठको दराज, तामाको भाडाबर्तन , ना६५प९० नम्बरको मोटरसाइकल र ग्यास सिलिडरमा क्षति पुगेको प्रहरीले जनाएक्को छ ।

यस्तै आगलागीबाट सामान सार्ने क्रममा गणेश कंडेलको हातमा सामान्य चोट लागेको छ । प्रहरी स्थानिय र दुई वटा दमकलको सहयोगमा बिहान २ः१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब २३ लाखको क्षति भएको प्रहरीको अनुमान छ ।

उता आजै बिहान ७ः४५ बजे भरतपुर ९ स्थित दिननाथ आचार्यको घर नजिकै रहेको परालको गोठमा आगलागी भएको थियो । अचानक तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेको दुई ट्रक पराल नष्ट भएको छ । आगो प्रहरी स्थानिय र दमकलको सहयोगमा ९ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram