कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा मंसिर लगतै चिसो सुरु तापक्रम ९ डिग्रीमा झर्यो, भरतपुरका उडान प्रभावित

चितवन, पुस १४(
चितवनमा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ ।
भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार बिहिबार बिहान चितवनको तापक्रम १० डिग्रीमा झरेको थियो । बुधबार भने भरतपुरको तापक्रम बिहानदेखि बेलुका सम्म ११ डिग्री रहेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको हो । मंगलबार जिल्लाको तापक्रम ९ डिग्रीमा झरेको थियो । जुन चितवनको यस वर्षकै कम तापक्रम हो ।
भरतपुर विमानस्थलाले दैनिक बिहान ७ बजेदेखी बेलुका ४ बजेसम्म ९ उडान हुँदै आएकोमा मौसममा बदली भएसँगै विहान ११ बजेसम्म उडान नगरेको उड्यन कार्यालयले जनाएको छ । मौसम सुधार भएसँगै निरन्तर उडान हुनेछ ।
देशभरको मौसम
आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाडौैँै उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाडौँै सहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ । तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद्ले बताए ।
त्यस्तै दैनिक बढ्दा विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]