Listen Live: 

ट्रकबाट चोरियो मानव टाउको राखिएको बाकस

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

यसैसाता एउटा चोरहरूको एउटा समूले डेनभारमा सामानले भरिएको ट्रकबाट मानव टाउकोको कंकाल चोरेको छ । डेनभर प्रहरी विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार एउटा ट्रक पूर्वी डेनभरमा रोकेर राखिएको र त्यहाँबाट मानव टाउको राखिएको बाकस चोरी भएको हो । प्रहरीले जारी गरेको विज्ञप्तिमा बुधबार दिउँसो २ः३० बजेदेखि २ मार्चको ९ः ३० बजेभित्र कसैले ट्रकमा सामान राखिएको ठाउँ फुटाएको उल्लेख छ । ‘अपरिचित व्यक्तिले एक समूहले डली र एउटा मानिसको शरीरको अंगको लेबल लगाइएको बाकस चोरेको छ । उक्त बाकसमा मानव टाउकोको कंकाल राखिएको थियो, जुन चिकित्सा अनुसन्धानका लागि प्रयोग गरिन्छ ।’ बाकसमा साइन्स केयर लेबल पनि भएको केडीभीआरको रिपोर्टमा उल्लेख छ । साइन्स केयर भनेको एक किसिमको कार्यक्रम हो, जसले अनुसन्धानका लागि शरीरहरु दान गर्ने गर्छ । हालसम्म चोरीमा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । यो घटनाबारे थप अनुसन्धान भैरहेको डेनभर प्रहरीले जनाएको छ ।

आन्य समाचारहरु:-
April 5, 2023
नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

चितवन, चैत २२– नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार […]

November 16, 2022
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]

August 17, 2022
रत्ननगर हिप हप मोबाईल हाउसको लक्कि ड्र. मार्फत ५ जनाले पाए बम्पर उपहार

रत्ननगर, भदौ १- रत्ननगर टाडीँ बजारमा अबस्थित हिप हप मोबाईल हाउसको हरेक महिनाको १ गते हुने लक्कि ड्र. आज भदौ १ गते सञ्चालन गरिएको थियो । उक्त लक्कि ड्र. मार्फत […]

March 28, 2022
दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने

चितवन,१४ चैत्र । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram