Listen Live: 

भदौ ३ मा ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय भएको छ।

फिल्म क्षेत्रका बिभिन्न व्यक्तिको शुभकामनासहित आउने भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो।

निर्माण टिमले सार्वजनिक गरेको भिडिओमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाललगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको हो।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको दाबी गरेको छ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन्। तेज पेसाले बैंकर हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन्। फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो।

यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।

आन्य समाचारहरु:-
June 9, 2024
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ

आईतबार पूर्वी चितवनको रत्ननगर रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको आजै बाट छायांङ्गकन शुरू हुँदैछ ।  करिब २५ दिन छायांङ्गकन सेड्युल रहेको यस फिल्मको छायांङ्गकन […]

May 26, 2024
सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि

काठमाडौं । भारतको सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन-२’को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा अन्य तीन प्रतिस्पर्धीहरुलाई भोटमा पछि पार्दै राईले उपाधि जितेका हुन् ।जितसँगै […]

April 1, 2024
‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

काठमाडौं – चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित […]

March 31, 2024
‘पूजार सार्की’मा भिलेन हुन् पल ?

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ लामो समयदेखि स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram