Listen Live: 

प्रचण्ड माधवलाई फकाउँदै , सरकारलाई समर्थन गर्न प्रस्ताव

Radio Chitwan
बुधबार, पुस १३, २०७९

काठमाडौँ, पुस १३–

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर नेकपा एमालेसंग गठबन्धन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसंग माफी मागेका छन् ।

हतार हतारमा एमालेसंग गठबन्धन गर्नुपरेकाले एमाले अध्यक्ष केपी ओलीसंगको छलफलमा बोलाउन नपाएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालसंग माफी मागेका हुन् । नेपाललाई फकाउँदै प्रचण्डले आफ्नो नेतृत्वमा बनेको सरकारलाई समर्थन गर्न नेपालसामु प्रस्ताव समेत राखेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।

भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको बताएका छन्। आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।

‘प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कनेबेला खबर नगर्ने रु यो रबैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्ताका कुरा सुनाउँदै भने ।

ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले जानकारी दिए । सरकारलाई समर्थनका लागि समाजवादी अझै पनि पर्ख र हेरको नीतिमा रहेको उनले बताए।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram