Listen Live: 

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

Radio Chitwan
मङ्लबार, पुस १२, २०७९

काठमाडौँ, पुस १२–

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिब २२ अर्ब लगानी लागेको छ । २०७३ वैशाख १ मा शिलान्यास भएको विमानस्थल करिब ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ ।

तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो । इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन । एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो । २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ ।

करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । तर, यहाँको भुगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ । एयरबस मात्रै पोखरामा ल्याण्ड हुन सक्ने प्राविधिक बताउँछन् ।

पोखराको रनवे २ हजार ५ सय मिटर लामो छ । विमानस्थल तयार भएसँगै पोखरेलीको चासो यसको लगानी कसरी उठ्छ भन्नेतर्फ मोडिएको छ । नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार अधिकारीहरुसँग लगानी उठाउने विषयमा छलफल भएको थियो । पुर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको भन्दा पर्यटक बढाउन सके ९ वर्षमै लगानी उठ्ने बताएका छन् ।

हवाई विभागका पूर्व महानिर्देशक समेत रहेका खनालले अर्थतन्त्रको हिसाबले यो महत्वपूर्ण रहेको बताए । ‘पोखरा आन्तरिक पर्यटकको हव हो । अन्य सहरसँग जोड्न सके नेपाली पर्यटकबाट मात्रै पनि यो इकोनोमेकल्ली भायवल हुन्छ,’ उनले भने, ‘परिकल्पना गरे अनुसार पर्यटक बृद्धी गर्न सके वर्षमा १ खर्वको आम्दानी गर्छ । यो हिसाबले यहाँको लगानी ओभर इन्भेष्टमेण्ट भएको होइन ।’

२०१९ को तथ्यांक अनुसार ७ लाख प्यासेन्जर फ्लाइट भएको थियो । २०१६ मा साढे ३ लाख मात्रै जहाजमा आउजाउ गर्थे । लगानी उठाउन पर्यटकको संख्या अझै अधिक बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । विमानस्थल बनाउन २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो । ४० वर्ष जग्गा अधिग्रहणपछि पनि खेती गरिएको छ । पोखराका नागरिक अगुवा र व्यवसायीहरुले निरन्तर अनसन बसेपछि मात्रै विमानस्थल निर्माण चरणमा प्रवेश गरेको हो ।

महानिर्देशक प्रदीप अधिकारी पोखराको लगानी खासै महँगो नभएको बताउँछन् । ‘सुरुमा महँगो भयो, विमानस्थल बनाउन हुँदैन भन्ने छलफल भएको थियो । कष्ट एनालाइसिस गरेर हेर्दा गौतम बुद्धमा भन्दा पोखराको सस्तो परेको हो,’ उनले भने, ‘१४ वटा विल्डिङ निर्माण र रनवेमा सिमेण्ट कंक्रिट प्रयोग गरिएको छ । संरचना नेपालमा पनि यो लेवलको पुर्वाधार तयार भएको छ । यसमा गर्व गर्नुपर्ने धेरै ठाउँ छन् ।’ तर चुनौति भने पोखरामा अत्यधिक रहेको उनले सुनाए । ‘बाटोको समस्या छ ।

फोहोर त लगभग समाधान भएको छ । पर्यटनको राजधानी पोखरामा ४ बजेपछि फ्लाइट बन्द हुन्छ । त्यसैले राती पनि चल्ने यो विमानस्थल अति आवश्यक छ,’ उनले भने, ‘यो विमानस्थलले पोखराको मात्रै होइन, देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ निर्माण सकिएसँगै विमानस्थलमा पहिलो फ्लाइटको लागि धेरै विदेशी हवाई कम्पनीले पनि चासो दिएका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram