Listen Live: 

लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी

Radio Chitwan
मङ्लबार, पुस १२, २०७९

१२ पुस,बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।

दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले ९ सिट जितेको छ ।

एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वभाविक र जायज छ कहाँको २९ सिट कहाँको ९ सिट रु’ उनले भने, ‘केन्द्रका नेताहरुसँग पनि छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ,’ बरालले भने ।

८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना ९रुकुम पूर्व(१ का सुरुल पुन, रोल्पा(२ का दीपेन्द्रकुमार पुन र नवलपरासी(२९२० का खड्क बस्नेत० ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् ।

नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

को बन्ला मुख्यमन्त्रीरु

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्नेमा अहिलेसम्म नेतृत्व दाबी गरेका दलहरुले संसदीय दलको नेता चयन गरेका छैनन् ।

नेकपा एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालले दाबी गरेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । केही दिनभित्रै संसदीय दलको नेता चयन हुने उनले बताए ।

पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने ढकाल संसदीय दलको प्रमुख सचेतक थिए । श्रेष्ठ र आचार्य भने नेकपा विभाजनपछि केही महिना क्रमशः स्वास्थ्य तथा जनसंख्या र आन्तरिक मामिलामन्त्री भएका थिए । वरीयता क्रममा गिरी सिनियर हुन् ।

मुख्यमन्त्रीका दाबेदार भोजप्रसाद श्रेष्ठले जनताको आकांक्षा सम्बोधन गर्न सक्ने, विगतमा गरेका कामहरुको ‘पर्फमेन्स’ हेरेर दलको नेता चयन गर्ने विषयमा शीर्ष नेतृत्वले सोेच्नुपर्ने बताउँछन् ।

प्रदेश मन्त्रिपरिषद् अनावश्यक ठूलो आकारको हुँदा र सुशासन दिन नसक्दा प्रदेशप्रति जनतामा देखिएको आक्रोश र वितृष्णा बढ्न नदिने गरी काम गर्न सक्ने भिजन र योजना भएका नेता दलको नेता र मुखयमन्त्री हुनुपर्ने आफ्नो मत रहेको श्रेष्ठले बताए ।

माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।

महरा पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram