रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी

१२ पुस,बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।
दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले ९ सिट जितेको छ ।
एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वभाविक र जायज छ कहाँको २९ सिट कहाँको ९ सिट रु’ उनले भने, ‘केन्द्रका नेताहरुसँग पनि छलफल भइरहेको छ ।’
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ,’ बरालले भने ।
८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।
यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना ९रुकुम पूर्व(१ का सुरुल पुन, रोल्पा(२ का दीपेन्द्रकुमार पुन र नवलपरासी(२९२० का खड्क बस्नेत० ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् ।
नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।
को बन्ला मुख्यमन्त्रीरु
मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्नेमा अहिलेसम्म नेतृत्व दाबी गरेका दलहरुले संसदीय दलको नेता चयन गरेका छैनन् ।
नेकपा एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालले दाबी गरेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । केही दिनभित्रै संसदीय दलको नेता चयन हुने उनले बताए ।
पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने ढकाल संसदीय दलको प्रमुख सचेतक थिए । श्रेष्ठ र आचार्य भने नेकपा विभाजनपछि केही महिना क्रमशः स्वास्थ्य तथा जनसंख्या र आन्तरिक मामिलामन्त्री भएका थिए । वरीयता क्रममा गिरी सिनियर हुन् ।
मुख्यमन्त्रीका दाबेदार भोजप्रसाद श्रेष्ठले जनताको आकांक्षा सम्बोधन गर्न सक्ने, विगतमा गरेका कामहरुको ‘पर्फमेन्स’ हेरेर दलको नेता चयन गर्ने विषयमा शीर्ष नेतृत्वले सोेच्नुपर्ने बताउँछन् ।
प्रदेश मन्त्रिपरिषद् अनावश्यक ठूलो आकारको हुँदा र सुशासन दिन नसक्दा प्रदेशप्रति जनतामा देखिएको आक्रोश र वितृष्णा बढ्न नदिने गरी काम गर्न सक्ने भिजन र योजना भएका नेता दलको नेता र मुखयमन्त्री हुनुपर्ने आफ्नो मत रहेको श्रेष्ठले बताए ।
माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।
महरा पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]