Listen Live: 

एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरेर गीत छायांकन

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडा।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै छ। चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाले लोभ्याउँछ यहाँ। यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई ।

यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य। डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द।

प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडिओ छायांकन। यो गीतको भिडिओ पनि कीर्तिमानका लागि गरिँदै रहेछ। स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए।

‘यस ठाउँमा भिडिओ तथा चलचित्रका धेरै छायांकन देखिएको तर यस्तो चाहिँ पहिलोपल्ट देख्दै छौँ,’ स्थानीय पर्यटन व्यवसायी रामजी अवालले भने।

यो गीतको भिडिओको कौतुहलताको कारण थियो हरेक दुई-तीन सेकेन्डमा ड्रेस परिवर्तन। पूरा गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरिएको निर्देशक माइकल चन्दले बताए। ‘धेरै गीतको भिडिओ छायांकन गरियो तर यो पृथक शैलीको गीतको भिडिओ छायांकन गर्दै छौँ, यसको विशेष महत्व आफ्नो ठाउँमा छँदैछ तर चुनौती पनि त्यत्तिकै रहेको छ,’ छायांकर उत्सव दाहालले भने। डा. उपाध्यायले छिन-छिनमा लुगा परिवर्तन गरेको दृश्य अनौठो र फरक शैलीको रहेको थियो।

‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन्। यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीतमा १५० ड्रेस परिवर्तन भएको विश्वमा छैन, हामीले त्योभन्दा बढी गरेका छौँ,’ उपाध्यायले भने।

छायांकनमा सुनिता खनाल, मेकअप आर्टिस्ट अनिता ग्वाच्छा, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो भने भिडिओमा उपाध्यायसँग कलाकार प्रतिमा विष्ट छन्।

गीतकार उपाध्यायको यो गीत ‘जिन्दगीका अनेक रूपरंग समेट्दै…’ मा स्वर तथा संगीत सागर अधिकारीको रहेको छ । गीतको भिडिओ केही समयपछि डिआर म्युजिक क्रियसनमार्फत् सार्वजनिक गरिने बताइएको छ।

आन्य समाचारहरु:-
November 28, 2023
चितवन नारायणी महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

चितवन,मंसिर १२-  नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर […]

October 19, 2023
चितवनमा दसैँसँगै बढे पर्यटक

चितवन, कात्तिक २– ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् […]

October 15, 2023
आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ, असोज २८- आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर […]

October 11, 2023
राप्तीमा दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु

राप्ती । राप्ती नगरपालिकामा दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । राप्ती-६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत हर्दीमा मेला सुरु भएको हो । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिले मेलाको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram