रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु
चितवन, पुस १२–
माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् ।
माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताए । निकुञ्ज आडबाट सडक गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका कामलगायतले गर्दा समयमा काम सक्न गाह्रो भएको निर्माण कम्पनी बज्रगुरू ढुकुचुका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले बताए ।
लगभग एक वर्षयता काम ठप्प भएपछि आफूहरू दबाबमूलक अभियानमा लागेको समृद्धिका लागि युवा अभियान माडीका अभियन्ता विपिन पाठकले बताए । तत्कल काम सुरू नभए थप कार्यक्रम चलाउने सोही अभियानमा आबद्ध रामचन्द्र लम्सालले बताए ।
माडी१ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेलले निर्माणमा भएको ढिला सुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताए । माडीका खोलाहरूमा बन्दै गरेको पुलको काममा पनि ढिलासुस्ती भएको माडीका युवा हरि रानाभाटले बताए । अभियानमा आबद्ध रामबन्धु पोखरेलले निर्माण व्यवसायीले समयमा काम गरे माडीवासीले धन्यवाद भन्ने बताए ।
हुलाकी राजमार्गको वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले सम्झौता गर्दा ७९ वैशाखमा काम सक्ने भने पनि पछि म्याद थप भएर आउँदो असारसम्म पुर्याएको बताए । निकुञ्जलाई रोयल्टी तिरे पनि खोलाबाट गिट्टी बालुवा झिक्न पाइएन भन्ने निवेदन निर्माण कम्पनीले कार्यालयमा दिएको इन्जिजियर मण्डलले बताए ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]