कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर खानेपानीद्धारा पानी सुरक्षाको लागि अनुगमन

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी सुरक्षाका लागि सोमबार स्थलगत अनुगमन गरेको छ । खानेपानी सुरक्षा समितिले आयोजना गरेको कार्यक्रममा खानेपानीको मुहान र खानेपानीको ट्याङ्कीको अबस्थाका विषयमा अनुगमन गरिएको हो । अनुगमन टोलीले मुहान र ट्याङ्कीको सरसफाई, पाइपलाइन विस्तार र पानी चुहावटको विषयमा अनुगमन गरी सुधार गर्नुपर्ने विषयका बारेमा अन्र्तक्रिया समेत गरेको संस्थाकी कोषाध्यक्ष तथा खानेपानी सुरक्षा समितिकी संयोजक सरस्वती लामाले जानकारी दिइन । संस्थाका अध्यक्ष माधव अर्याल,उपाध्यक्ष कृष्णप्रसाद सापकोटा सहित कार्यसमिति सदस्य,वडा संयोजक तथा लेखा समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । खानेपानीका इन्जिनियर ज्ञानप्रकास पौडेलले ८० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने भएकाले पानीको शुद्धतालाई ध्यानमा राखिएका बताए । त्यसका लागि मुहान र ट्याङकीको सरसफाइमा ध्यान दिनुपर्ने बताए । संस्थाका अध्यक्ष अर्यालले मुहान देखि उपभोक्ताको मुख सम्म शुद्ध पानी पु¥याउने योजनाका साथ संस्थाले सरसफाईमा ध्यान केन्द्रीत गरेको बताए । रत्ननगरको वडा नं १,२,३,४,५,८,९,१०,११,१२ र १३ मा खानेपानी वितरण गरेको सो संस्थाको ११ हजार ७०० उपभोक्ता रहेका छन् । तीन वटा ओभरहेड ट्याङ्की र एउटा अण्डरग्राउण्ड ट्याङ्की रहेको सो संस्थाबाट दैनिक ५४ लाख लिटर पानी खपत हुँदै आएको व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

