‘महापुरुष’ जस्तै ‘प्रेमा’ लाई पनि साथ दिनु हुनेछ :अरुण क्षेत्री प्रदर्शन भएको फिल्म महापुरुष बाट राम्रो प्रसंशा बटुलेका अभिनेता हुन अरुण क्षेत्री । प्रदिप भट्टराई निर्देशित फिल्म बक्स अफिसमा सफलता […]
नाच्दानाच्दै गायक हुँदै निर्देशक बनेका सविन कार्की

नेपाली गीतसंगीतमा रूची हुने युवा पुस्ताले सुनेको नाम हो- सविन कार्की। कतिले उनलाई बीस्ट भनेर चिन्छन्। उनले आफ्नो नामै सविन कार्की ‘बीस्ट’ राखेका छन्।
युट्युबमा त्यही नाममा उनको च्यानल छ। जसमा साढे ६ लाख बढी सब्सक्राइबर छन्।
केही वर्षअघिसम्म सविन डान्सर मात्र थिए, गीतका म्युजिक भिडिओमा नाच्थे। कार्टुन क्रुजमा आवद्ध थिए। त्यतिबेला ‘फन्टास्टिक’,‘ भाइरल भैइदियो…’ जस्ता गीतमा उनी नाचेको धेरैले मन पराएका थिए। युट्युबमा ती भिडिओहरू लाखौंले हेरेका छन्।
नाच्दानाच्दै सविन कोरियोग्राफर बने, अभिनय गर्न थाले। अहिले उनी आफैं गीत लेख्छन्, गाउँछन्, कमेडी गर्छन्, म्युजिक भिडिओ बनाउँछन्। ती भिडिओ आफैं निर्देशन पनि गर्छन्।
२७ वर्ष पुगेका सविनलाई अहिले संगीतका हरेक विधामा आफूले काम गर्न सक्छु भन्ने आत्मविश्वास छ।
‘मलाई जुनसुकै काममा आफ्नो सय प्रतिशत दिनुपर्छ भन्ने लाग्छ। आफूले काम गरेको क्षेत्रमा केही योगदान पुर्याउन चाहन्छु', उनले सेतोपाटीसँग भने, ‘यहाँ दुई किसिमका कलाकार छन्: एक टिक्ने, बिक्ने र बस्ने अनि अर्को यो क्षेत्रलाई नै अगाडि बढाउन प्रयत्न गर्ने। मलाई यो क्षेत्रमा केही योगदान पुर्याएर अघि बढ्न मन छ।'
गुल्मीमा जन्मेका सविनलाई नाचगानमा सानैदेखि रूची थियो। उनको घरको माहौल पनि सांगितिक थियो।
‘मेरो आमा नेपाली कलाकार संघमा हुनुहुन्थ्यो,’ सविनले भने, ‘आमालाई फिल्मको प्रिमियरको टिकट आउँथ्यो। म पनि जान्थें। त्यहीबेला हरिवंश आचार्यजस्ता धेरै कलाकारलाई नजिकैबाट देख्न पाएको थिएँ। सायद त्यहीँबाट प्रेरित भएँ होला।’
उनले पहिलो पटक कक्षा आठमा पढ्दा नाचेका थिए। विद्यालयबाट देउसी भैलो खेल्न जाँदा उनी नाचेको सबैले मन पराए। सबैले ‘गज्जब राम्रो नाच्यौ’ भनेपछि आफूलाई पनि नाच्न सक्छु जस्तो लागेको उनी बताउँछन्।
उनका साथीहरू सबैले आफ्नो स्टेज नाम राखेका थिए। लहलहैमा सविनले पनि नामको पछाडि बीस्ट थपे। जसका उनले दुई अर्थ लगएका छन्, एउटा सबैभन्दा राम्रो र अर्को सैतान।
बाल्यकालमा उनी बदमास थिए रे!
'कक्षामा अरूलाई दुःख दिने, एक-दुई जना हुन्छन् नि! म त्यसैमा पर्थें। त्यसो गर्न नहुने रहेछ भन्ने अहिले आएर बुझें,’ सविनले भने,‘कक्षामा जोक सुनाउँथें। साथीहरू गलल हाँस्थे। सबैले हौसला दिएपछि आत्मविश्वास बढ्दै गयो।’
त्यतिबेला नाचेर र कमेडी गरेरै जिन्दगी चल्छ भन्नेचाहिँ कसैलाई लाग्दैनथ्यो। आफूलाई कतिले नाचेर के हुन्छ भन्दै जिस्काएको सविन अहिले पनि सम्झन्छन्। https://youtu.be/Q4MrsgtDuhY
काठमाडौं, चैत ६ नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताएका हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि […]
आउदो चैत्र १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमा' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार बाघठाटा फिल्म फ्याक्ट्री युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अरुण क्षेत्री, […]
कैलाली, फागुन २१( सुदूरपश्चिम एमाले संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा सबेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले […]