कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आज पनि भरतपुरका अवैध संरचनामा डोजर लगाईए

चितवन, पुस १०
सडक डिभिजन भरतपुरले आज पनि भरतपुरका अवैध संरचनामा डोजर लगाईएको छ । नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतवार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो ।
सडक अधिकार क्षेत्रमा परेका घरटहरा भत्काइने सडक डिभिजनका इन्जिनियर सागर कार्कीले जानकारी दिएका हुन् । यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडक खण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।
रागमार्गको केन्द्रबाट दायाँ बायाँ २५÷२५ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन २०३१ मा उल्लेख छ । सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ । तत्काल सडक डिभिजन कार्यालयले सडक क्षेत्र भित्र पर्ने १ सय ५८ भन्दा बढी घर भत्काउने जनाएको छ । कार्यालयका अनुसार ५८ वटा घरका पिलर भित्र परेका छन् भने, १०० भन्दा बढी घरका छत र पेटी परेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]