Listen Live: 

सप्तगण्डकी प्राध्यापक तथा कर्मचारी कल्याण कोषको संयोजकमा पुन डा यमबहादुर विश्वकर्मा चयन

Radio Chitwan
आइतवार, पुस १०, २०७९

चितवन, पुुस १०

भरतपुरको सप्तगण्डकी प्राध्यापक तथा कर्मचारी कल्याण कोषको संयोजकमा पुन डा यमबहादुर विश्वकर्मा चयन भएका छन् ।

कोषको आज सम्पन्न २७ औं वार्षिका साधारण सभा तथा अधिवेशनले विश्वकर्मालाई संयोजकमा चयन गरेको हो । अधिवेशनले कोषको सचिवमा हरिहर न्यौपाने, कोषाध्यक्षमा तोयानाथ भट्टराई, सदस्यहरुमा सरिता चापागाई, रुद्रप्रसाद चालिसे, रविराज सुवेदी र विश्वराज सुवेदी चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले कोषले लेखा समितिमा देनप्रसाद लामिछानेको संयोजककत्वमा पदमलाल भारती र लक्ष्मी पोखरेललाई चयन गरेको छ ।
अधिवेशन तथा साधारणसभाको उद्घाटन क्याम्पस प्रमुख मणिराज महतोले गरेका थिए । डा यमबहादुर विकेको अध्यक्षतामा भएको साधारण सभामा सचिवको तर्फबाट नरेन्द्र कँडेलको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन तोयानाथ भट्टराईले प्रस्तुत गरेका थिए । अधिवेशनमा सहायक क्याम्पसप्रमुखहरु खिमलाल दाहाल र टिकाराम देवकोटा, सप्तगण्डकी प्राध्यापक संघका सभापति नारायणप्रसाद रेग्मी, क्याम्पसका कार्यक्रम प्रमुखहरु गोबिन्दप्रसाद पराजुली र सागर अधिकारी, कर्मचारी संघको तर्फबाट कृष्ण भुसाल लगायतको सहभागिता रहेको थियो ।

अधिवेशनको अवसरमा क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको बीचमा भएको खेलकुद प्रतियोगितामा पुरुष सटफुट प्रतियोगितामा भूपेन्द्र खड्का, महिला सटफुटमा सीता अधिकारी सापकोटा, घैटो फुटाई प्रतियोगितामा विष्णु ज्ञवाली र म्युजिकल चेयरमा पूजा आचार्य विजयी भएका थिए । विजयी कर्मचारी र प्राध्यापकहरुलाई क्याम्पस प्रमुख महतोले पुरस्कार प्रदान गरेका थिए । प्राध्यापक तथा कर्मचारी कल्याण कोषमा प्राध्यापकहरु र कर्मचारी गरेर ८१ जना साधारण सदस्य रहेका छन् ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram