Listen Live: 

रत्ननगर नगरपालिका को भक्तिनी बगैंचामा आज निःशुल्क आँखा शिविर सम्पन्न्न २५५ जना ले आखा परिक्षण गरे

Radio Chitwan
शनिबार, पुस ९, २०७९

प्रमिशा भण्डारी

९ पुस

रत्ननगर नगरपालिका वडा नं १ भक्तिनीबगैंचामा आज शनिवार निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । रत्ननगर नगरपालिका वार्ड नं १ वार्ड कार्यलय र नवदुर्गा आमा समुह को सयुक्त सहयोगमा शिविर आयोजना गरेको हो । शिविरमा २५५ जनाको आखा परीक्षण गरिएको आमा समुहकी अध्यक्ष संगिता खनालले जानकारी दिइन । शिविरमा मोतियाविन्दु देखिएका २२ जनालाई निःशुल्क शन्यक्रियाको लागि भरतपुर आँखा अस्पताल पठाइएको छ । शिविरमा अधिकाँस बृद्धबृद्धाले आँखा परीक्षण गराएको लायन्स क्लब अफ रत्ननगर लेडिजकी अध्यक्ष तुलसी पन्तले जानकारी दिइन । सामाजिक उत्तरदायित्व बहन गर्दै आएको क्लवले आमा समुहसंग सहकार्य गरी शिविरको आयोजना गरेको अध्यक्ष पन्तले बताइन । नेपाल नेत्रज्योती संघ भरतपुर आखा अस्पताल र लायन्स कल्व अफ रत्ननगर लेडिज को सयुक्त आयोजनामाशिविर कार्यक्रम गरिएको हो । रत्ननगर वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा लायन्स क्लवका अगुवाहरु निरज श्रेष्ठ, ओमलाल सापकोटा,गंगा सुवेदी,सुजता विष्ट लगायतको सहभागिता रहेको थियो । क्लवकी अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष खनालले स्वागत मन्तव्य राख्नु भएके थियो । कार्यक्रम लायन्स क्लव अफ रत्ननगरकी सहसचिव गीता सिंखडाले संचालन गरेको थियो ।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram