Listen Live: 

नारायणगढमा सडक विस्तारका लागि डोजर चल्यो

Radio Chitwan
शनिबार, पुस ९, २०७९

चितवन, पुस ९–

नारायणगढमा शुक्रबार सडक विस्तारका लागि डोजर चल्यो । सडक डिभिजन कार्यालय भरतपुरले यसअघि दुई पटकसम्म सूचना प्रकाशन गरेर सडक सिमा अतिक्रमण गरेर बनाइएको संरचना भत्काएको हो । सडकको डोजरसंगै भरतपुर महानगरपालिका अवैध संरचना हटाउने अभियानको तयारीमा छ । भरतपुर महानगरले मंसिर १३ गते ३५ दिने सूचना निकालेर अवैध संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाको म्याद सकिन अब १० दिन मात्रै बाँकी छ । १० दिनपछि महानगरले डोजर लिएर अवैध संरचना भत्काउन हिँड्ने मेयर रेनु दाहालले बताएकी छन् । सूचनाको समयावधि भित्र अवैध संरचना नहटाईए महानगर आफैले हटाउने भएको हो । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ ।

महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक क्षेत्राधिकार मिचेर बनाईएका टहरा, कम्पाउण्डवाल एवं अन्य सरंचरनाहरु, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचनाहरु, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरि ढलाई गरि बनाईएका स्थायी र्‍याम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरि अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्टहरु हटाउने सूचनामा उल्लेख गरेको छ ।

सूचनालाई अवज्ञा गरिएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम महानगर आफैले हटाउने जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram