Listen Live: 

भुपिको कविता ‘चिसो एष्ट्रे’ माथि फिल्म

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको फिल्म चैत ४ बाट प्रदर्शन हुने भएको छ।

फिल्मको टिमले आइतबार काठमाडौंमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै चैत ४ गतेबाट प्रदर्शनीमा आउने जानकारी दिएका हुन्। 

निर्देशक दिन्स पाल्पालीले यो फिल्म निर्माण गर्दा धेरै दुख पाएको बताए। 

उनले  फिल्मको स्क्रिप्ट बनाउँदा देखि नै धेरै जनाको प्रतिक्रिया लिएर काम गरेको आशय व्यक्त गरे। 

यस फिल्ममा दिव्य देव, रबिन तामाङ, सुशिलराज पाण्डे, श्रृष्टी श्रेष्ठ, नवीन लम्साल तथा निकुन श्रेष्ठ लगायतले  अभिनय गरेका छन्।

फिल्ममा काठमाडौंको साँस्कृतिक प्रभावमा पर्ने गाँउले युवकको कथा रहेको निर्देशक पाल्पालीले बताए।

उनले एउटा कविताबाट फिल्मको कथा लेख्न धेरै गाह्रो भएको अनुभव सुनाए। उनले यस फिल्मका पात्रहरू जीवन्त तथा यही समाजबाट उठाएको बताए।

नायिका श्रृष्टीले यस फिल्मको पात्रले गर्दा आफ्नो जीवन बुझ्ने धारणामा परिवर्तन आएको बताइन्।

उनले यस फिल्ममा पुतली राख्ने कलाकार(बटरफ्लाई इन्स्टलेसन आर्टिस)को भूमिका निभाएको जानकारी दिइन्।

फिल्मको मुख्य भूमिकामा रहेका कलाकार दिव्य देवले भाइब्रेन्ट रहेको र व्यवसायिक चलचित्रमा जस्तो लाइट, एक्सन, नाचगान सबै रहेकोले यो कुनै एक प्रकारका दर्शकको लागि नभएको जिकिर गरे। उनले यो धेरै दर्शकलाई मनपर्ने विश्वास पनि व्यक्त गरे।

कलाकार नवीन लम्सालले फिल्ममा चुरोटलाई पनि मेटाफोरिकल्ली पात्रको रूपमा राखेको खुलाए।

‘एउटा पात्र गाउँबाट काठमाडौं आएर कसरी ठिटो बन्ने चक्करमा चुरोटको ठुटो बन्छ भन्ने कथा फिल्ममा छ,’ उनले भने।

 

आन्य समाचारहरु:-
February 7, 2024
सौराहा फुड फेस्टिबलमा को को आउदैछन कलाकार ! (नामावली सहित)

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलमा सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा सहित राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको […]

January 20, 2024
रत्ननगर महाेत्सव : शनिबार ४२ हजारले गरे अबलाेकन

त्ननगर । टिकाैल‌ी चाैरमा जारी रत्नगगर महाेत्सवमा शनिबार ४२ हजारले अबलाेकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना गरेकाे उक्त महाेत्सवमा एकैदिन ४२ हजार बढीले अबलाेकन गरेकाे आयाेजकले जनाएकाे […]

January 19, 2024
रत्ननगर महाेत्सव : नवाैं दिन सम्म एक लाख ७८ हजारले गरे अबलाेकन

रत्ननगर। पूर्वी चितवनकाे टिकाैलीचाैरमा जारी रत्ननगर महाेत्सवकाे नवाै दिन सम्म एक लाख ७८ हजारले अबलाेकन गरेका छन् । रत्नगगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवमा तीन लाखले अबलाेकन गर्ने […]

January 14, 2024
रत्ननगरकाे टाँडीमा सांस्कृतिक खाना महाेत्सव सुुरु

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सव सुरु भएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत आयाेजना गरिएकाे खाना महाेत्सवकाे बागमती प्रदेशका सांसद कृष्णप्रसाख खनालले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram