रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
हिमपात र हुस्सुले दैनिक जनजीवन प्रभावित हुनसक्ने
चितवन,पुस ९(
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुसु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]