Listen Live: 

छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थाले

Radio Chitwan
शुक्रबार, पुस ८, २०७९

काठमाण्डौ, पुस ८(

छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनको राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

त्यस्तै भारतमा पनि सङ्क्रमणको जोखिम उच्च भएको छ । राजधानी नयाँ दिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो । तर जोखिम बढेसँगै दिल्लीमा पुनः मास्क लगाउन अनिवार्य गरिँदैछ । चीनमा कोरोना बढ्दै गएपछि भारतले पनि उच्च सतर्कता अपनाउने तयारी गरेको हो ।

भारतमा अहिले दैनिक औसतमा १ सय ५३ जना सङ्क्रमित थपिने गरेका छन् । चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पनि पछिल्लो समय सङ्क्रमण बढेको छ ।

छिमेकी भारत तथा चीनसहित अरु देशमा पनि सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति नै निकालेर नेपालमा अहिले सङ्क्रमण कम भए पनि छिमेकी देश भारत तथा चीनमा नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको जनाएको छ ।

छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको र त्यसै अनुसार स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यसअघि लागू गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले मास्कको प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन र पहिलो र दोस्रो मात्रा खोप लिएको तर बुस्टर मात्रा छुटेको भएमा बुस्टर मात्राको खोप लिन पनि आग्रह गरेको हो ।

डा। ठाकुरका अनुसार भिडभाड तथा सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न सके पनि सङ्क्रमण फैलने जोखिम न्यून हुन्छ । कोरोनाको सङ्क्रमण छैन या घट्यो भनेर लापरबाही र हेलचेक्र्याइँ नगर्न उहाँको आग्रह छ ।

यसबाहेक मन्त्रालयले नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सतर्कता बढाउन तथा आवश्यक तयारीमा रहन पनि आग्रह गरेको डा। ठाकुरले जानकारी दिनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram