Listen Live: 

चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिए

Radio Chitwan
शुक्रबार, पुस ८, २०७९

चितवन,पुस ८

चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिनुभयो ।

“अधिकांश वन्यजन्तुको उद्धार गरेपछि घाउ र चोटपटकको उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले पनि एउटा बाघ र एउटा चितुवाको अस्पतालमै राखेर उपचार गरिएको छ ।” सरकार र विभिन्न सहयोगी दाताबाट अस्पताल सञ्चालन गरिएको जनाउँदै उहाँले नियमित बजेटको अभाव रहेको बताउनुभयो ।

अस्पतालबाट हात्तीसारमा रहेका सबै हात्तीको नियमित उपचार गर्ने गरिएको पशु चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो । हात्तीको नियमित नङ काट्नुका साथै नङको अवस्था र घाउ चोटपटकको नियमित उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । “अरु समस्याको उपचारका साथै हात्तीलाई थप भिटामिन र मिनरल्स दिइन्छ”, उहाँले भन्नुभयो, “जुका र नाम्लेको औषधि पनि नियमित खुवाउने गरिएको छ ।”

वन्यजन्तु अस्पतालमा रोग पत्ता लगाउने प्रयोगशाला सहित एक्सरे र ‘अल्ट्रासाउण्ड’ मेसिनसमेत व्यवस्था छ । “वन्यजन्तुको रगत, दूधको जाँच र पिसाब पनि यही जाँच गर्न सकिन्छ, विशेष गरेर साना वन्यजन्तुलाई अस्पतालमै उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो । गत वर्षमात्रै धेरै हात्तीको ‘अल्ट्रासाउण्ड’ गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

ठूला घाइते र बिरामी जनावरलाई निकुञ्ज क्षेत्रमै पुगेर उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । अस्पताल स्थापनापछि वन्यजन्तुको रोग पहिचान र उपचारमा सहयोग भएको छ । घाइते वन्यजन्तुलाई एम्बुलेन्स राखेर ल्याउने गरेको गरेको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पूर्वाधार तयार भए पनि अस्पताल पूर्णरूपमा सञ्चालन ल्याउन सकिएको छैन । कार्यविधि तयार भएको भन्दै उहाँले यसलाई पूर्णता दिएर छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि वन्यजन्तु प्राविधिक र पशुचिकित्ससहित छ कर्मचारी खटाइएको छ । रासस

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram