चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
‘कबड्डी ४’ को 'केशरी' गीत सार्वजनिक

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ‘केशरी’ गीत सार्वजनिक भएको छ।
सोमबार युट्युबमा गीत सार्वजनिक भएको हो। गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ।
गीतमा एस डी योगी, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर तथा संगीत छ भने गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।
यसअघि फिल्मको प्रदर्शन मिति वैशाख २३ गते भनिएता पनि स्थानीय तहको निर्वाचनका कारण देखाउँदै जेठ १३ का सारिएको थियो।
चलचित्रमा सौगात, मिरुना, दयाहाङका साथमा बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।
चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका छन्। कबड्डी फिल्मका यसअघिका सिक्वेल बक्स अफिसमा धेरै नै सफल भएका थिए। निर्माण पक्षले यस भागलाई सिक्वेलको अन्तिम भाग भनेको छ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]