Listen Live: 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता

Radio Chitwan
शुक्रबार, पुस ८, २०७९

काठमाडौं,पुस ८(

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता सिंहबीच आज शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको छ ।

बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो । त्यस क्रममा अध्यक्ष प्रचण्डले आलोपालोको सहमति अनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । त्यसमा देउवाले सकारात्मक जवाफ दिँदै छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए । तर देउवालाई पार्टीभित्रैबाट पहिलो पटक प्रधानमन्त्री नछोड्न दवाव परेको बताइएको छ ।

बिहीबार बालुवाटारमा भएको नेताहरुको छलफलमा प्रचण्ड र देउवाबीच आलोपालोमा प्रधामन्त्री, राष्ट्रपतिमा कांग्रेस,उपराष्ट्रपतिमा माओवादी, सभामुखमा माओवादी, उपसभामुख र राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीलाई दिनेगरी सहमति गर्न सकिनेमा नेताहरू लगभग सहमत भएका छन् ।

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram