रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
चितवनको रत्ननगरमा वडास्तरबाटै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

रत्ननगर ०७ पुस ।
चितवनको रत्ननगरमा वडास्तरबाटै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने भएको छ । सो नगरपालिका अन्तर्गत वडा नं १५ ले पहिलो पटक लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
गरिब तथा विपन्न समुदायका युवाहरुलाई सरकारी निकायको प्रशासनिक क्षेत्रमा प्रवेश गराउन लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको वडाध्यक्ष आशिक तामाङले बताए । प्लस २ पास गरेका वडा भित्रका युवाहरुले सो कक्षामा सहभागिता जनाउन पाउने छन् ।
शैक्षिक बेरोजगार न्यूनीकरण गरी रोजगारी सृजना गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष तामाङले जानकारी दिए । वडा कार्यालयले पुस २५ गतेबाट कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको छ । निजामती सेवामा प्रवेश गराउने गरी नायब सुब्बा र खरिदार पदको लागि कक्षा सञ्चालन हुनेछ ।
प्लस २ गरेका युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिने गरेका छन् । विदेश पलायन हुनबाट रोक्न र न्यून आय भएका युवाहरुलाई राज्यको प्रशासनिक निकायमा प्रवेश गराउने उद्देश्य रहेको वडाध्यक्ष तामाङले बताए । दुई महिनाको तयारी कक्षा सञ्चालन गरिने भन्दै उनले त्यसका लागि निर्धारित समयमै आवेदन दिन आग्रह समेत गरेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जनताले त्यसको राम्ररी अनुभव गर्न पाएका छैनन् वडाध्यक्ष तामाङले भने विकास निर्माणको काम प्रक्रियागत रुपमा हुने कुरा हुन, जनतालाई जनप्रतिनिधिको अनुभव गराउन नयाँ कामको सुरुवात गर्न लागेका हौं ।
सरकारी जागिर खान चाहने युवाहरुले किताब पढेर लोकसेवा आयोगको परीक्षा दिने प्रबृतिको अन्त्य गर्न तयारी कक्षा सञ्चालन गर्न लागेको उनको भनाई छ । वडाध्यक्ष तामाङले तयारी कक्षा लिएका सत प्रतिशत युवाहरुले परीक्षा उत्र्तीण गर्ने गरी कक्षा सञ्चालन गरिने बताए ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]