कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि प्रस्तुत गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता बन्ने निश्चित

काठमाडौं, पुस ७–
नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछ। दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्ने सांसद रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि प्रस्तुत गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता बन्ने निश्चित छ। सांसद शर्माले अरुको दाबी नरहेको र प्रचण्ड नै सर्वसम्मत दलको नेता चयन हुने जानकारी दिइन्।
प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकका १४ गरी ३२ जना सांसद रहेका छन् । नेपाली कांग्रेसबाहेक अरु दलले सर्वसम्मत दलको नेता चयन गरेका छन्। कांग्रेसले हिजो चुनावी प्रक्रियामार्फत् सभापति शेरबहादुर देउवालाई दलको नेता निर्वाचित गरेको थियो।
माओवादी केन्द्रको संसदीय दलको नेता चयनसँगै सत्ता गठबन्धनले औपचारिक रुपमा सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी छ। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भए पनि दुवै नेताले पहिलो कार्यकाल दाबी गरेपछि कुरा मिल्न सकेको छैन।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]