Listen Live: 

चितवनमा स्थापना भएको चित्रवन नेचर क्योर हस्पिटलमा विभिन्न रोगहरुको प्रकृतीक विधीबाट उपचार हुँदै

Radio Chitwan
बिहिबार, पुस ७, २०७९

चितवन, पुस ७(

चितवनमा स्थापना भएको चित्रवन नेचर क्योर हस्पिटलमा विभिन्न रोगहरुको प्रकृतीक विधीबाट उपचार हुँदै आएको छ । पूर्व पश्चिम राजमार्ग रहेको यस हस्पिटल विसं २०७४ सालबाट सञ्चालनमा आएको हो । शान्त तथा हरीयाली वतावरणमा रहेको यस हस्पिटल पारस बसपार्कबाट करीव ८०० किलोमिटर पर आस्था चोकमा रहेको छ । प्राकृतिक माध्यमामा विधीबाट उपचार गर्दै यस हस्पिटल भरतपुर माहानगरपालिका १२ मा पर्ने भएकोले यहाँबाट सेवा गा्रहिले सजिलै उपचार पाउन सक्छन् ।

चित्रवन नेचर क्योर हस्पिटलका मेडिकल डाइरेक्टर विसाल साप्कोटाको अनुसार हस्पिटलमा विभिन्न रोग जस्तै विना अप्रेसन नशा च्यामिएको, हड्डि खिएको, कम्मर, घुँडा दुखाइ, बाथ, प्यारालाईसिस, मुख बाङगिएको, मोटो पन, बल्ड प्रेसर, सुगर, युरिक एसिड जस्ता रोगहरुको उपचार हुँदै आएको छ । त्यस्तै यहाँ ग्याष्ट्रिक, कब्जियत, पेट सम्बन्धी रोग, कलेजो, मृगौला सम्बन्धि रोगहरु, क्यानसर र छाला रोग, अनिद्रा, माइग्रेन, पिनास, महिनावारी गडबडी, थाइराइड, दम रुगाखोकी, एलजी, पुराना जिड रोगहरु कुलत, शरिर पोल्ने झम्झमाउने दुख्ने, मानसीक रोग, तनाव व्यवस्थापन आदि रोगहरुको उपचार हुँदै आएको साप्कोटाले नारायणी अनलाइनलाई जानकारी दिनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘यहाँ बिरामीको उपचारका लागि होम फ्यासिलेटेड वतावरण सहित डे क्यार सर्भिस, प्याथोलोजी सर्भिस, नेचुरल मेडिसिन, फिजियोथेरापी, अकुपञ्चर, निउट्रेसन्ल डाइट, योग थेरापी, हाइड्रो थेरापी, हरबोलोजी, स्याप, मसाज थेरापी, तेल मसाज र बाफ स्नान जस्ता विधीबाट बिरामीको सहिज रुपमा उपचार गरिर्दै आएको छ । उहाँले दिएको जानकारी अनुसार यस हस्पिटलमा विशेष गरि हाड्जोर्नी, नसा, प्यारालाईसिस, कोमा, माइग्रेन रोगका बिरामीहरु बढी आउने गर्छन् । त्यस्तै हस्पिटलले अन्र्तअंगको लागि २४ घण्टा सेवा दिएको छ भने बाहिरिङको लागि बिहान ७ बजेदेखी बेलुका ६ बजे सम्म सेवा दिने गरेको उहाँको भनाइ छ । अनुभव प्राप्त तथा चितवनकै डाक्टरबाट सेवा प्रदान गरिने भएकोले यहाँ सधै एउटै डाक्टरले सेवा दिइने गरिन्छ जस्को कारण बिरामीलाई अन्य अस्पतालमा जस्तो अरु डाक्टरलाई रोपोट देखाउनु पर्ने समस्या छैन । उहाँ भन्नुहुन्छ, ‘ बिहान बेलुका जुन कुनै समय बिरामीलाई हस्पिटलले सेवा दिने भएकोले बिरामी उपचारका लागि बिहान बेलुका आफ्नो समय मिलाएर आउन सक्छन् र जिल्लामै थेरामी गर्ने व्यवस्था भएकोले यहाँको बिरामी काठमाडौँ तथा अन्य सहर जान नपर्ने वाध्यता पनि छैन् । उपचारका लागि देश भरबाटै बिरामी आउन यस हस्पिटलको टिकट शुल्क ५०० रहेको छ । त्यस्तै यस हस्पिटलले सञ्चालनमा आएदेखी हाल सम्म जिण अवस्थाका ५०० बिरामीलाई सन्चो बनाएको छ । आउदा हिड्न नसक्ने बिरामी पनि उपचार पस्चताम हिडेरै गएका र त्यती मात्रै नभएर अन्य धेरै बिरामीको उपचार गरेको उहाँको भनाइ छ ।

चित्रवन नेचर क्योर हस्पिटलमा गरिने तेल मसाजको फाइदाहरुस्

मांसपेसिलाई पोषण दिइ दुखाइ मुक्त गर्ने, आरामको निन्द्रा लगाउने, जोर्नीहरुको कार्य क्षमता जिवन्त राख्ने, प्रतिरक्षा प्रणालिहरुलाई सशक्त बनाउने, मनसिक तनाव कम गरि एकाग्रता बढाउने, डर, चिन्ता,नैरास्यता हटाउने, रक्त सञ्चार सुचारु गर्ने, शरिरलाई फुर्तिलो बनाउने, सौन्दयता बढाउने, मोटो पन हटाउने ।

वाफ स्नानका फाइदाहरु स्

शरिरको पूर्ण सुद्धिकरण, रोग प्रतिरक्षा क्षेमता बढाउने, तौल काम गर्ने, तनाव हटाउने, आरामको निन्द्रा लाग्ने, शरिरलाई फुर्तिलो बनाउने, छाला चम्किलो बनाउने, रुघा खोकी बन्द गर्ने, जोर्नी दुखाई बन्द गर्ने आदि लगायत रहेका छन् ।

त्यस्तै मोटरसाइकल दुर्घटनापछि खैरहनी नगरपालिका १० कठाराबाट आफ्नो भतिजालाई उपचारको लागि नेचर क्योर हस्पिटल ल्याउनु भएको छम चौधरी भन्नुहुन्छ, उपचारको लागि हामी धेरै हस्पिटल गएम सुधार भएन । उहाँ भन्नुहुन्छ, ‘ हामीले कठराकै हस्पिटल हुँदै पुरानो मेडिकल कलेज पनि राखेम केही भएन । तर आज यहाँ ल्याएको १४ दिनमै भने धेरै सुधार भएको छ ।’ विरामी दिपेन्द्र चौधरीका अनुसार पहिले हात खुट्टा चलेको थिएन तर अहिले चलेको छ, साहारा पाए हिड्न पनिसक्छु र यहाँको सुविधामा सन्तुष्ठ छु । पहिले अस्पतालमा हुँदा बस्न पनि कठिन हुने गथ्र्यो ।

राप्ती नगरपनलिका ९ अर्मत नगरबाट श्रीमान अमर बहादुर ठकुरीलाई उपचारको लागि ल्याउनु भएको ज्ञान कुमारी ठकुरीले हस्पिटलको सुविधा धेरै राम्रो भएको बताउनु भएको छ । उहाँको अनुसार बैशाख २९ गते आफ्नो श्रीमानलाई पेसरले हाने पछि भरतपुर अस्पताल हुँदै पुरानो मेडिकल कलेज लगिएको थियो । तर त्यसपछि पनि थप उपचारको लागि काठमाडौँ मेडिसिटि लगेर अपरेसन गरिएको थियो । त्यस्तै अपरेसन पछि सुधार आएर अस्पतालले नेचर क्योर हस्पिटलमै लान सुझाव दिएको बताउँदै ज्ञानु भन्नुहुन्छ , ‘ खाना देखी लिएर यहाँको सबै सुविधा राम्रो छ । ल्याएको दुई महिनामै बुबालाई धेरै सुधार भएको छ । आँखा घुमाउनु हुन्छ, हात, खुट्टा चलाउनु हुन्छ, सुइ लगाएको थाहा पाउनु हुन्छ । ’ त्यस्तै बिरामीलाई १र२ मिनेट पनि अन्तर नगरी डाक्टर नर्सले औषधी दिने गरेको उहाँको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram