कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज बुधबार भएको भलिबल प्रतियोगिताको फाइनल

चितवन, पुस ६
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज बुधबार भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा मिराकल होस्टेल प्रथम भएको छ ।
अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस एकाइले सहिदको स्मृतिमा गरेको अन्तर कलेज भलिबल प्रतियोगिताको फाइनलमा सप्तगण्डकी क्याम्पसलाई हराउँदै मिराकल होस्टेल पहिलो भएको हो । पहिलो हुने मिराकल होस्टेलले ४० हजार राशी र ट्रफी , दोस्रो हुने सप्तगण्डकी बहुमुखी क्याम्पसले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
आज भएको प्रतियोगिता समापन समारोहमा अखिल क्रान्तिकारी वागमती प्रदेशका अध्यक्ष सुरज सिंह ठकुरी, वागमती प्रदेश सभा सदस्य ईस्वर सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणिराज महतोलगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
२४ टिम सहभागी पुस ३ गते बाट सुरु भएको भलिबल प्रतियोगितालाई बागमती प्रदेशका यातायात तथा श्रम रोजगार मन्त्री घनश्याम दाहालले उद्घाटन गरेका थिए । भलिबल प्रतियोगिताको उद्घाटन खेल सप्तगण्डकीका प्रध्यापकहरुले खेलेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

