Listen Live: 

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै

Radio Chitwan
बुधबार, पुस ६, २०७९

चितवन, पुस ६

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो ।

चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ ।

आज ९बुधबार० नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरुले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर तलब खाने गरेको विद्यार्थीहरुको आरोप छ । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष सुभास पौडेलले शिक्षकहरु पढाउन नआउने गरेको गुनासो बढेपछि आफूहरुले क्याम्पस प्रमुखलाई राखेर छड्के अनुगमन गरेको बताए । उनले भने, ‘ प्रध्यापकले पुस ८ गतेसम्मको हाजिरी ६ गते नै गरेका छन् । पढाउन नआई हाजिरी गर्नु गलत हो यस्तो गल्ती शिक्षकहरुबाट नहोस् । यस्तो हुनुमा क्याम्पस प्रशासनको पनि कमजोरी छ । उनीहरुले पढाइ भएको नभएको प्रभावकारी ढंगले अनुगमन गर्न सकेका छैनन् ।’ उपाध्यक्ष पौडेलले एक वर्षको कोर्स दुई महिनामा सिध्याउने प्रचलन पनि वीरेन्द्र बहुमुखी क्याम्पसमा रहेको गुनासो गरे । उनले आफूहरुले अहिले सचेत मात्र गराएको र फेरी पनि अटेर गरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

क्याम्पसमा हुने लापरवाही र गल्तीलाई क्याम्पस प्रमुख प्राध्यापक डा दयाराम पौडेलले पनि स्वीकार गरेका छन् । उनले हाजिरीलाई राम्रोसँग अनुगमन गर्न नसक्नु आफूहरुको कमजोरी भएको बताए । उनले भने, ‘ कक्षामा पढाइ भएको वा नभएको अनुगमन गर्ने काम हरेक विभागीय प्रमुखहरुबाट हुनुपर्छ । क्याम्पसमा ३०० शिक्षक र ५० जना कर्मचारी छन् । यस्ता कमजोरीलाई सुधार गर्नुपर्छ । व्यक्तिको पनि कमजोरी छ । यस्ता गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’ उनले क्याम्पसमा सबैलाई व्यवस्थापन गरेर प्रशासन चलाउन गाह्रो भएको बताए । उनले भने, ‘क्याम्पसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक छ ।’ वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुको अन्यत्र निजी क्याम्पसहरुमा लगानी भएकोले पनि क्याम्पसमा तोकिएको समयमा प्राध्यापकहरु बस्न नसक्ने विद्यार्थी र अभिभावकहरुको गुनासो छ । काम नै नगरे पनि तलब पाइन्छ भन्ने कर्मचारी र प्राध्यापकमा गलत मानसिकता रहेको कारणले वीरेन्द्र क्याम्पस धरासायी बन्दै गएको अभिभावकहरुको आरोप छ ।

विसं २०२२ सालमा स्थापित वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको एक मात्र त्रिभुवन विश्वविद्यालयको आंगिक र पुरानो क्याम्पस हो । चितवनमा मात्र नभई समग्र चितवन र यसको वरपरका जिल्लाबाट विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न आउँछन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram