कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माइक्रो अनियन्त्रित भएर पल्टिदा सिमलतालमा माइक्रो चालकसहित ६ यात्रु घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा माइक्रो अनियन्त्रित भएर पल्टिदा माइक्रो चालकसहित ६ यात्रु घाइते भएका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर पल्टिएको हो ।
माइक्रोमा सवार १७ जना मध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घाइते हुनेहरुमा माइक्रो चालक रत्ननगर–१४ का ४१ वर्षीय भिम श्रेष्ठ, माडी–१ का ३१ वर्षीय सोविन्द्र महतो, भरतपुर–२ की ७९ वर्षीय सिता कुमारी सुनार, भरतपुर–१६ का २९ वर्षीय रोसन भुजेल, भरतपुर–२९ की ३१ वर्षीय पुजा श्रेष्ठ र भरतपुर–११ की ४१ वर्षीय तिरु सुनार रहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

