चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
अरोमा इङलिस सेकेण्डरी स्कुलका कम्प्युटर ल्याब शिक्षक रामकृष्ण सुवेदी मंगलबार नै प्रहरीको नियन्त्रणमा

अरोमा इङलिस सेकेण्डरी स्कुलका कम्प्युटर ल्याब शिक्षक रामकृष्ण सुवेदीलाई मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक सुवेदीलाई प्रहरीले स्कुलबाट नियन्त्रणमा लिएको हो । उनलाई कारबाहीको लागि विद्यार्थीहरुले मंगलबार स्कुल अगाडि प्रदर्शन गर्नुका साथै स्कुल बस र भवनमा तोडफोड गरेका थिए ।
घटना सार्वजनिक भएपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनले एक विज्ञप्ति जारी गरी मुद्धाको अन्तिम निरुपण नहुँदासम्म आरोपित शिक्षकले हिसान अन्तर्गतका कुनै पनि विद्यालयमा पढाउन नपाउने निर्णय भएको बताएको छ ।
हिसान चितवनका सचिव प्रदिप पौडेलले जारी गरी विज्ञप्तिमा शिक्षण संस्थालाई हिंसाजन्य गतिविधिबाट मुक्त बनाउने कुरामा हिसान स्पष्ट रहेको बताइएको छ । त्यस्तै विद्यार्थीको आन्दोलनका क्रममा विद्यालयमा भएको भौतिक क्षतिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उनले आग्रह गरेका छन् ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]