कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
ढिलो पाक्ने खेतीको उत्पादन चितवनमा घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन्। मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन्। कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ। गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो।
आर्थिक वर्ष २०७७र७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो। गत आर्थिक वर्षमा जिल्लामा २२ हजार एक सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व चार दशमलव तीन रहेको थियो। आर्थिक वर्ष २०७७÷७८ मा २३ हजार दुई सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको हो। धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुन मगरले जानकारी दिए। उनका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका खेती गर्न थालेका छन्।
तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उनले बताए। गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकले अन्य बाली रोज्न थालेका हुन्।
विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ। आव २०७७र७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा आव २०७८र७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो। यस आवमा यो क्षेत्रफल बढेर १४ हजार पाँच सय ७९ हेक्टर पुगेको उनले बताए। तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषक आकर्षित भएको उनले जानकारी दिए। यस वर्ष तोरीका लागि राम्रो मौसम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]