Listen Live: 

नवलपुरमा बढ्दो गैँडा आतंक

Radio Chitwan
मङ्लबार, पुस ५, २०७९

नवलपुर । पूर्वी नवलपरासीमा गैँडाको आतंक बढ्न थालेको छ। जाडो मौसम शुरु भएसँगै नवलपुरमा गैँडा आतंक बढ्न थालेको हो। नवलपुरमा एक साताको बिचमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
नवलपुरको कावासोती नगरपालिका–१५ मा मुसहर टोल बस्ने वर्ष ७० को सुल्तान मुसहरलाई सोमबार आक्रमण गरी घाइते बनाएका छन्। उनि किहान घरनजिकै शौचालय गएर आउने क्रममा गैँडाले आक्रमण गरी घाइते बनाएको हो।
गैँडाको आक्रमणबाट मुसहरको टाउको र बाँया कोखामा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा प्रथामिक उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकार अस्पताल चितवन लगिएको छ। उनको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी केही दिन अघि देवचुलीमा गैँडाको आक्रमणबाट १ जना घाइते भएका छन्। देवचुली नगरपालिका वडा न ७ घोरेघुम्टी नजिकै शुक्रबार बिहान ७ः३० बजेतिर ६३ वर्षीय सुकबहादुर तामाङलाई गैँडाले आक्रमण गरेको स्थानीयले बताए। छिमेकीको घरबाट दूध लिएर फ्रकिने क्रममा तामाङलाई गैँडाले आक्रमण गरेको हो।
तामाङको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त दिन गैँडाले मुढाबासमा पनि एक जनालाई धक्का दिएको थियो।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram