कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली चल्यो

५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा आज बिहान तीन बजेतिर दुई राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको पुष्टि गरे ।
उनकाअनुसार स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३÷४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । सो क्रममा विष्टले थाहा पाएपछि उनीमाथि हातपात भएको थियो । उनी घाइते छन् ।
उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको डीएसपी जोशीले बताए । उनले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए । गोलीका खोकाहरु फेला परेको उनले बताए । विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्ष अघि जुगेडामा तस्करको समूहले दुई जना प्रहरीको हत्या समेत गरेका थिए । आइतबार साँझ मात्र कैलालीको अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट सुन व्यवसायी घाइते भएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

