काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा दीप प्रज्ज्वलन

चितवन, पुस ५–
अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् ।
कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा। भोजराज अधिकारीले चितवनका ४ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट २–२ विद्यालय छानेर कुल ४ वटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्।
“भरतपुर र माडीका २–२ विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री एक वर्षभरिलाई दिइने छ”, चौबिसकोठीमा मेस्सीको जितको खुसियाली मनाउने क्रममा उनले भने– “फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी सहयोग गरिने छ ।”
यस क्षेत्रका चर्चित फिजिसियन डा। अधिकारी गत प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए । उनले चुनाव लडेको क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । उनले मेस्सीको जीवनबाट ‘संघर्ष जारी राख्नू’ र ‘हार कहिल्यै नमान्नू’ भन्ने शिक्षा लिन सक्ने भन्दै फुटबलमार्फत देश चिनाउन सकिने सन्देश दिन लागेको बताए ।
कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले मेस्सीले विश्वकप जित्दा अर्बौँ फुटबलप्रेमी खुसी भएको बताए । उनले मेस्सीजस्तो फुटबलका जादूगरको खेल हेर्न पाउनु अहोभाग्य भएको भन्दै यसलाई मनोरञ्जनका रूपमा लिएको बताए ।
फ्यान क्लबका अध्यक्ष नितेश रानाभाटले मेस्सी सर्वकालीन सर्वोत्कृष्ट खेलाडी हुन् कि होइनन् भन्ने विवाद अब सकिएको बताए । उनले मेस्सीको जीवनमा सबै उपाधि हात लागे पनि खड्किएको विश्वकपको अभाव पनि अब पूरा भएको बताए । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनालाई मेस्सीले ३६ वर्षपछि उपाधि जिताउन सफल भए । अर्जेन्टिनाले मेस्सीको प्रेरणादायी प्रदर्शनमा आइतबार राति भएको उपाधि भिडन्तमा साबिक विजेता फ्रान्सलाई पराजित गरेको थियो ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]