Listen Live: 

चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन

Radio Chitwan
मङ्लबार, पुस ५, २०७९

चितवन, पुस ५–
चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन्। सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन्। सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटना अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सिसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन्। जिल्लाका केन्द्रीय बसपार्क, हाकिमचोक, चौबीसकोठी, बीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, आँपटारी, मुग्लिङलगायत अन्य विभिन्न क्षेत्रमा ३७ वटा क्यामेरा जडान भएका छन्। त्यसमध्ये २० वटा क्यामेरा सञ्चालनमा छैनन्। क्यामेरा बिग्रेको महिनौँ हुँदा पनि मर्मत गरिएको छैन।

“सञ्चालनमा रहेका १७ वटा क्यामेरा पनि राम्रो गुणस्तरका छैनन्। जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन छ”, पण्डितले भने, “हामीले भरतपुर महानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएको छौँ।” भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलक श्रेष्ठले महानगरले क्यामेरा जडानको निर्णय नगरेको तर बिग्रेको क्यामेरा मर्मत जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram