कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट

चितवन, पुस ४–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् ।
आज विहान गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले भरतरपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको कुनै संभावना नरहेको स्पष्ट पारे । ‘केही बुद्धिजीवीहरुबाट त्यस्तो व्यक्ति बनाउँदा के होला भन्ने सुझाव आएको छ तर गठबन्धन दलभित्र र अन्य दलभित्र यस्तो विषयमा छलफल भएको छैन, यो संभावना पनि छैन’–अध्यक्ष प्रचण्डले भने ।
उनले विगतमा भएको मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतका आन्दोलनको विषयमा सरकारले सम्झौता गरेकाले सोही अनुसार अध्यादेश ल्याएको स्पष्ट पारे । उनले अध्यादेश प्रक्रिया सामान्य भएको प्रतिक्रिया दिए ।
यस्तै अध्यक्ष प्रचण्डले यस निर्वाचनबाट माओवादी कमजोर भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । ‘माओवादी कमजोर भएको कुरा सत्य होइन, प्रत्यक्षमा जति सिट ल्याउनुपर्ने हो त्यो नसकिएको कुरा चाँही हो, समानुपातिकमा पनि माओवादीको जनमत धेरै घटेको छैन, बरु कांग्रेस र एमालेको नै भोट धेरै घटेको देखिन्छ’–अध्यक्ष प्रचण्डले भने ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]