Listen Live: 

प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ

Radio Chitwan
आइतवार, पुस ३, २०७९

३ पुस, काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जरंखु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जै बहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्नेहरू सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखिया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा सिङ्तान रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले जै बहादुरलाई बा।प्र।(०२(०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको र थप अनुसन्धानको क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र।०२(०३० प ४५८० नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

साथै उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

यसैगरी बाग्मती प्रदेश(०२(०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका(९ मंगलबजार बस्ने धादिङ थाक्रे गाउँपालिका(७ घर भएका कञ्चन खत्रीको उक्त मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले उनीहरूले उक्त मोटरसाइकलमा बा।प्र।०२(०१९ प ९५६४ नम्बर प्रयोग गरी ललितपुर ताल्छिखेलमा चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल बुझाइएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram