Listen Live: 

चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन

Radio Chitwan
आइतवार, पुस ३, २०७९

रत्ननगर । चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन भएको छ । लायन्स क्लव अफ रत्ननगर समृद्धिले रत्ननगर १ सौराहाचोकमा आयोजना गरेको कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन ।

चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको क्लवकी अध्यक्ष विन्दु घिमिरेले बताइन ।

लायन्स क्लवका निर्वतमान गर्भनर रामप्रसाद भट्ट प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,लायन्स क्लवका डिष्ट्रिक चिफ सुरेशचन्द्र आचार्य,लायन्स क्लवका अगुवाहरु दिनानाथ न्यौपाने, निरज श्रेष्ठ, योगेश अधिकारी,ओमलाल सापकोटा,रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

क्लवकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष लक्ष्मी कर्मचार्यले स्वागत मन्तव्य राखेकी थिइन । सचिव पार्वती घिमिरेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram