काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
ध्रुवेको आक्रमणबाट हिजो शनिबार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु

चितवन, पुस ३–
केहिदिन यता ध्रुवे हात्तीले फेरि आतंक मच्चाउन सुरु गरेको छ । ध्रुवेको आक्रमणबाट हिजो ९शनिबार० भरतपुर महानगरपालिका–२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको छ ।
घरको आगनमा आगो तापिरहेको अवस्थामा शनिबार राती करिब साढे ८ बजेको समयमा ध्रुवेले एक्कासी आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा राती करिब १०ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई जंगली ध्रुवे हात्तीले आक्रमण गरेको हो । ध्रुवेको पछाडि प्राविधिक टिम खटिएपनि शनिबार अप्रिय घटना हुन पुगेको उनले बताए । केहि दिनअघि निकुञ्जको ध्रुव पोष्ट नजिक ध्रुवे हात्तीले मोटरसाइकलमाथि आक्रमण गरेको थियो । मोटरसाइकल चालक भागेर बाँच्न सफल भएपछि मोटरसाइकलमा भने क्षति पुगेको थियो ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]