Listen Live: 

भरतपुर महानगरपालिकाको सार्वजनिक क्षेत्रमा जडान गरिएको आधा भन्दा धेरै सीसीटिभी क्यामेरा सञ्चालन नहुदा अपराध नियन्त्रण कार्य कठि

Radio Chitwan
आइतवार, पुस ३, २०७९

चितवन, पुस ३(

भरतपुर महानगरपालिकाको सार्वजनिक क्षेत्रमा जडान गरिएको आधा भन्दा धेरै सीसीटिभी क्यामेरा सञ्चालन नहुदा अपराध नियन्त्रण कार्य कठिन भएको छ ।

बजारको चोक र सडकको वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटनाका घटनाको अनुसन्धानमा सहयोगी हुने क्यामरा बिग्रदा चितवन प्रहरीलाई अपराध नियन्त्रणमा कठिनाई भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सीसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन् । जिल्लाको मुख्यकेन्द्र, मुग्लिङ, रामनगर, पारस बसपार्क, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्यामपसचोक, लाइन्सचोक, सहिदचोक, पुलचोक, आँपटारीलगायत अन्य विभिन्न क्षेत्रमा दुई देखि ४ गरी ३७ वटा क्यारा जडान भएको छ । तर, अहिले भने जिल्लाको मुख्य मुख्य केन्द्रमा रहेको २० वटा क्यामेरा सञ्चालनमा छैनन् जसको कारण अनुसन्धान दिनप्रति दिन कठिन हुँदै गएको छ । त्यस्तै पण्डितले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार जिल्लामा सञ्चालन भएको १७ वटा क्यामेरा पनि राम्रो क्वालिटीको छैन जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन छ ।

पण्डितले भने ‘हामीले भरतपुर माहानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएको छौं । तर, प्राकृतिक विपत्तीका कारण मर्मत् गरिएको क्यामरा कहिले सोही दिन बिग्रने पनि गरेको छ । जसको कारण हामीले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनै कठिन छ ।’ उनको अनुसार जिल्लामा दैनिक विभिन्न घट्ना, दुर्घटना हुने गर्छ तर जडान भएका क्यामरा क्वालिटीको नभएर सामान्य खालको हुँदा नम्बर पत्ता लगाउन कठिन छ । बढ्दो सहरीकरणका कारण जिल्लाका सबै चोकमा क्यामेरा जडान भए हामीलाई सहज हुने थियो तर जति जडान भएको छ त्यो क्यामेरा पनि सञ्चालन नहुँदा आपराधिक घटना भइहाले पनि पक्राउ गर्न कठिन छ । उनले भने, ‘महानगरले अब पुरानो क्यामेरा मर्मत नगरी नयाँ तथा राम्रो क्वालिटीको जडान गरे विभिन्न घटनाको अनुसन्धान गर्न सहज हुने थियो । ’

भरतपुर महानगरपालिकाको शाखा अधिकृत झलक श्रेष्ठका अनुसार अहिलेसम्म महानगरले क्यामेरा जडानको निर्णय भने गरेको छैन । तर, बिग्रेको क्यामेरा मर्मत गर्ने काम भने जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ । नेपालको मध्य भागमा पूर्वपश्चिम राजगमार्गको केन्द्र भागमा चितवन अवस्थित भएकोले यहाँ धेरै अपराधिक घट्नाहरु हुने गर्छ । राजमार्गको छेउछाउमा हुने अपराधिक घट्ना नियन्त्रणमा मा सिसी क्यामेरा अति आवस्यक सामग्री बनेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram