Listen Live: 

मकवानपुरमा ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरे

Radio Chitwan
शनिबार, पुस २, २०७९

वागमती, २ पुस । मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागूऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत सो परिमाणमा गाँजा खेती र अफिम खेती नष्ट गरेको बताइएको छ । सो अभियान अन्तर्गत लगातर चार दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटेको प्रहरी निरीक्षक कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको नेतृत्वमा ३८ तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ जना गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको थियो । भौगोलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकाले सो खेती त्यस क्षेत्रमा हुने गरेको छ । अझै धेरै बाँकी नै रहेको अनुमान रहेको छ ।

प्रहरीले प्रत्येक वर्ष सो खेती नष्ट गर्ने अभियान चलाए पनि गाँजा र अफिम खेती बन्द नभएको स्थानीयहरुको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले मकवानपुर जिल्लामा वर्षौंदेखि हँुदै आएको गाँजा र अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताए । रासस

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram