रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना

स्वीडेन, पुस २(
स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।
फुरुभिकमा रहेको चिडियाखानाबाट भागेका चिम्पाञ्जीलाई चिडियाखानाकै कर्मचारीले गोली हानेर मारेको घटना सार्वजनिक भएपछि आलोचना भएको हो । उनीहरुलाई शान्त पार्ने कयौँ उपाय हुँदाहुँदै पनि गोली हानिएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ ।
चिडियाखाना बन्द रहेको अवस्थामा चिम्पाञ्जी लगायतका जनावर भागेपछि कर्मचारीले एकाएक गोली हानेका थिए । चिडियाखानाले भने विज्ञप्ति निकालेर चिम्पाञ्जीहरु धेरै नै खतरनाक भएको र मानिसहरुको ज्यान खतरा परेपछि गोली हानिएको दाबी गरेको छ । तर ३० वर्षसम्म जनावरहरूसँग काम गर्ने एक पूर्व केयरटेकरले चिडियाखानाले निकै अव्यावहारिक काम गरेको बताउनुभएको समाचारमा उल्लेख छ।
चिम्पाञ्जीलाई मारेको विरोधमा वर्षौँदेखि चिडियाखानालाई सहयोग गर्दै आएको लुन्ड विश्वविद्यालयले आफ्नो सहयोग बन्द गरेको छ ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]