Listen Live: 

सवारी लाइसेन्सको लागि ट्रायल दिन अब चितवनबाटै पाइने

Radio Chitwan
शनिबार, पुस २, २०७९

चितवन, पुस २–

चितवनमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ । अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै शुक्रबार आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो । अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए ।

आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ । यसमा कार्यालयले छनौट भएको ट्रायल सेन्टरको नाम सार्वजनिक गरी सम्झौताका लागि बोलाउँछ । स्रोतका अनुसार प्रयोगात्मक परीक्षा स्थलको रुपमा महालक्ष्मी ट्रायल सेन्टर छनौट हुने सम्भावना उच्च छ ।

आन्य समाचारहरु:-
February 25, 2024
नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर,फागुन १३- तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

February 24, 2024
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण

भरतपुर,फागुन १२- भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका […]

February 24, 2024
प्रधानमन्त्रीद्वारा देशकै लामाे झाेलुङ्गे पुलकाे उद्घाटन

धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक […]

February 24, 2024
रत्ननगरमा विद्यालयकाे हाेस्टेलमा छात्राले गरिन आत्महत्या

रत्ननगर, फागुन १२ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram