कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
८० वर्षे वृद्ध चार दिनसम्म निकुञ्ज जगलभित्रै हराएर पनि सकुशल घर फर्कन सफल

माडी । निकुञ्जको घना जंगल । बाघ, हात्ती, गैँडाजस्ता ठूला र अन्य धेरै जनावरको बासस्थान । बस्तीमै आएर ज्यान लिने यी जनावरले आफ्नो बासस्थानमा पुगेका मान्छेलाई के बाँकी राख्थ्यो र १ तर, भाग्य बलियो भएपछि चार दिनसम्म जगलभित्रै हराएर पनि सकुशल घर फर्कन सफल भएका छन्, पाहुन महतो ।
उमेरले ८० वर्ष टेकेका पाहुन माडी–३, वैराठका बासिन्दा हुन् । चार दिनसम्म पानीमात्रै पिएर निकुञ्जमा गुमनाम बने । साथमा टेक्ने लौरोमात्रै थियो ।
घटना गत मंसिर २५ गतेको हो । खासै निकुञ्ज नजाने पाहुन त्यसदिन गाउँलेसित जंगल पसे । ८० वर्षका उनको हातमा हातहतियार केही पनि थिएन । थियो त केवल टेकी हिँड्ने लौरो । दाउरा लिएर अन्य साथीहरु घर फर्किए पनि पाहुन घर फर्किएनन् । साथीहरुलाई छाडेर अल्लि तल खोल्सातिर झरेका उनी त्यहीँबाटै हराए ।
चार दिनसम्म निकुञ्जमा हराएका पाहुन भेटिएपछि सबैको जिज्ञासा साझा थियो । उनले के खाए, कहाँ सुते, जनावरबाट कसरी बँचे, अन्य मान्छेसँग भेटघाट भयोरभएन आदि इत्यादि ।
हराएको थाहा हुनेबित्तिकै खोजी सुरू भयो । निकुञ्जभित्र बाहिर प्रशासनलाई जानकारी भयो । भोलिपल्ट ७० जनाजति गाउँले उनको खोजीमा लागे । फेला नपरेपछि अर्को दिन २ सय ५० जनाजति उनको खोजीमा निकुञ्ज पसे । सम्भावित ठाउँहरुको खोजी भयो । कहीँकतै फेला परेनन् । उनी हराएको थाहा पाउने र खोज्ने सबैको मनमा चस्को पस्यो ।
तीन दिनसम्म पनि उनको पत्तो लागेन । तर, २८ गते टाइगर टप्स होटलआसपास उनलाई माछा मार्नेहरुले देखे । घरी बस्ने घरी उठ्ने गरेको अवस्थामा देखिएपछि माछा मार्नेले उनको बारे चासो दिए । उनीहरुले पाहुनको विषयमा बनकटा पोस्टमा जानकारी गराए । हराएको ठाउँभन्दा २० किमी टाढा उनी देखिए । सकुशल फेला परेपछि थाहा पाउनेजति अचम्मित बने १ अनौठो घटना भएपछि माडी नगरका पूर्वमेयरसमेत रहेका प्रदेश सांसद् ठाकुर ढकाल पाहुनलाई भेट्न घरमै पुगे ।
‘निकुञ्जभित्र हराएपछि परिवार र छरछिमेक पनि उनी जिउँदै होलान् भन्नेमा शङ्का मानेका थिए । पाहुनका नाति सुरज महतोले खुसी हुँदै भने, ‘हामी सबै घटना सुनेर अचम्मित भएका छौँ ।’ आफूलाई कुनै शक्तिले एकोहोरो बनाएर जंगलमा घुमाएको भनी हजुरबाले बताएको सुरजको भनाइ छ । एउटा लौरो सहारा थियो । जंगलमा हिँड्ने क्रममा भेटिएको बोतलमा पानी भरेर पिउँदै हिँडेको पाहुनले जवाफ दिएको नाति सुरजको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]